निजगढ, निजगढका समाजसेवी एंव नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निजगढ १० लालका प्रधानाध्यापक दिनानाथ साहले छठ पर्व मनाउने निजगढका ब्रतालुहरुलाई सारी वितरण गर्ने घोषणा गर्नुभएको छ ।
समाजसेवी साहले समाजिक सन्जाल फेसबुकमा शुक्रवार एउटा स्टाटस लेखेर छठ पर्वमा गरिव र असाहय महिलाहरुलाई सारी सहयोग गर्ने बताउनभएको हो । इच्छुक महिलाले ६ दिनभित्र आफ्नो मोबाइलमा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
प्रधानाध्यापक साहले फेसबुकमा लेख्नुभएको छ– ‘निजगढ नगरपालिकामा छठ ब्रत गर्ने गरिव र असाहय ब्रतालुहरुलाई साडी दिने मेरो इच्छा रहेकोले इच्छुक आमा, दिदीबहिनीहरुलाई यही कार्तिक ५ गतेसम्म मोबाइल नम्बर ९८५५०२९२३१ मा सम्पर्क गर्न अनुरोध गर्दछु ।’
समाजसेवी साहले यसअघि गत महीनाको अविरल वर्षपछि यातायात्र अवरुद्ध हुँदा निजगढ आसपासको सडक क्षेत्रमा अलपत्र परेका यात्रुहरुको लागि पनि निःशुल्क भोजन र आवासको प्रबन्ध गर्ने घोषणा गर्नुभएको थियो ।



