निजगढ,
निजगढ ६ सडकटोलस्थित २ वटा घरमा आज दिउसो एकैपटक चोरी भएको छ । चोरहरुले स्थानीय अर्चना अधिकारी र भरत थापाको घरमा दिउसो अन्दाजी २.३० बजेको समयमा चोरी गरेका हुन । चोरी भएका दुबै घर आमने सामनेमा रहेका छन ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार चोरहरुको समूहले घरमा कोही पनि नभएको मौका पारेर मुल ढोकाको ताला फुटाएर अधिकारीको घरबाट २.५ तोलाको एउटा सुनको मंगलसुत्र (गहना) र थापाको घरमा डेरा गरी बस्ने गायत्री भट्टराईको कोठाबाट पौने तोलको सुनका गहना तथा ५ हजार नगदसमेत चोरी गरेका हुन ।

गौरीशंकर मावि सडकटोलका शिक्षिका रहेका अधिकारी र भट्टराई विद्यालय गएको समयमा घरमा चोरी भएको हो । भट्टराईका श्रीमान गौरीशंकर कलेज निजगढका पूर्वप्रमुख टिकाराम हाल होटौडामा हुनुहुन्छ भने अधिकारीका श्रीमान मनोज पनि हेटौडामा नै बस्नुहुन्छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय