निजगढबाट प्रहरिले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

बारा जिल्ला निजगढ नगरपालिका-७ घर भएका ४१ वर्षीय मुन्ना लोप्चन अवैध लागुऔषधसहित पक्राउ परेका हुन् ।

निजगढ नगरपालिका-८ शहीत चोकस्थित पुर्वपश्चिम सडक खण्डमा लक्काबाट बजारतर्फ जाँदै गरेको ना ६० प ८२४२ नम्बरको मोटर साइकलमा चेकजाँच गर्द लोप्चनले लगाएको टाउजरमा अवैध लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) ४ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

लागुऔषधसम्बन्धी कसुर मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय निजगढले बताएको छ ।

३ दिनपछि सार्वजनिक

लोप्चनलाई भने प्रहरिले गत माघ २९ गते शनिवार दिउसो करिब ५ बजे पक्राउ गरेको भएता करीव ३ दिन पछी जिल्ला प्रहरी कार्यालय बाराले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरेको बताएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर