निजगढ,        नेपाली कांग्रेसको देउवा समूहले निजगढका अमिर मोक्तानलाई पार्टीको भातृ सस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय समितिको सभापतिमा मनोनित गरेको छ ।

पार्टीको १५औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा. शासंक कोइरालाले मोक्तानलाई आज पार्टीको भातृ संगठनको रुपमा रहेको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय सभापति पदमा मनोनित गरिएको पत्र प्रदान गर्नुभएको हो ।

देउवा समूहको तर्फबाट निजगढ नगर सभापति समेत रहनुभएका मोक्तान यसअघि पनि महासंघको केन्द्रीय सदस्य रहनुभएको थियो ।

निजगढ ९ निवासी मोक्तान गत असोज २३ गते भएको नगर अधिवेशनमा सो समूहको निजगढ नगर सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय