निजगढ–कोहल्बी सडकखण्डमा बुधबार राती कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार राति करिब ९ः३० बजे कोहल्बी नगरपालिकामा भएको उक्त दुर्घटनामा परि कोहल्बी नगरपालिका २ बस्ने ३८ वर्षिय पेमा दोर्जे घिसिङ र ४० वर्षिय डेनि स्याङ्ताङ्को घटनास्थलमै मृत्यु भएको हो ।
तामागढीबाट कोहल्बीतर्फ गईरहेको बा ११ च ४५११ नम्बरको कारले कोहल्बीबाट निजगढतर्फ आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थलमै मृत्यृ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक बिपिन ओझाले बताए ।
दुर्घटनामा परि कारमा सवार तीन जना घाइते समेत भएका छन । कारका चालक कोहल्बी २ बस्ने ४५ वर्षिय बद्री अधिकारी सामान्य घाइते भएका छन उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन भने कारमा सवार १८ वर्षिय रोहित पन्डितको टाउको चोट लागेको छ । यस्तै कारामै सवार रौतहट बिजयपुर फतुवा बस्ने २५ वर्षिय विवेक चैधरीको टाउको र खुट्टामा चोट लागेको छ ।
उनिहरुको आहिले कोहल्बीमा रहेको जननायक अस्पतालमा उपचार भइरहेको छ भने मृत्तकहरुको शव पोष्टमार्टमको लागि कलैया अस्पताल लगिएको छ ।
अहिले पिडित परिवार पक्षले बाटो, बजार बन्द गराउदै ईलाका प्रहरी कार्यालय कोहल्बी घेराउ गर्ने प्रयास गरिरहेका छन ।