निजगढ नगरपालिका वडा नं. ५ सिखर बस्तीमा एक अधवैसे पुरुष झुण्डिएर आत्महत्या गरेका छन् ।

मकवानुर जिल्लाको बकैया गाँउपालिका वडा नं. २ तिन ढुङगे थाप्लाङ स्थायी घर भई आफन्तको हेटौडा र चपुर बस्दै आएका ३८ बर्षिय केशव तिमल्सिना रहेका छन् ।

सामान्य मजदुरी गर्दै आएका तिमल्सिना मादक पदार्थ सेवन गरी केही दिनदेखि मर्छु भन्दै आएको स्थानीयले बताएका छन् । उनले केही दिन अघिपनि आत्महत्याको प्रयास गरेको भन्दै हिडिेको समेत बताईएको छ ।

आफन्त नआई सकेकोले आईतबार दिउसो ११ बजेसम्म लास झुण्डिएकै अबस्थामा रहेको छ ।

घटनाको बारेमा आवश्यक छानविन भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर