निजगढ, निजगढ प्रहरीले निजगढको बजार क्षेत्रबाट विभिन्न प्रकारका डेढ क्विन्टलभन्दा बढी पटका बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले आज र हिजो गरेको चेक जाँचको क्रममा निजगढ नगरपालिका वडा नम्बर ८ र ९ को बजार क्षेत्रमा संचालनमा रहेका पसलहरुमा बिक्रीको लागि राखिएको उक्त परिमाणको पटका बरामद गरेको प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।

बरामद पटका हाल इलाका प्रहरी कार्यालयमा सुरक्षित राखिएको र जिल्ला प्रहरी कार्यालयको निर्देशनअनुसार थप कारबाही अघि बढाइने निरीक्षक अधिकारीको भनाई छ ।
निरीक्षक अधिकारीका अनुसार पटकालगायत विष्पोटक पदार्थको बिक्री र प्रयोग कानुन विपरित कार्य हो । तर तिहार र छठ जस्ता पर्वहरुमा दुर्घटनाजन्य यस्ता पटकाहरुको अत्याधिक प्रयोग हुदैआएको छ ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय बाराले पनि दिपावली पर्वमा अत्याधिक प्रयोग हुने विष्पोटक पदार्थको कारोबार कडाईका साथ नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय