निजगढ,

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले गरेको आगजनी र लुटपाटबाट उपकरण, फर्निचर र अन्य सामग्री नष्ट भएर कार्यालय संचालनमा समस्या भएपछि निजगढ नगरपालिका वडा नम्बर ८ कार्यालयलाई सामग्री सहयोग गर्ने क्रम जारी रहेको छ ।

मंगलवार निजगढ ९ का व्यवसायी उपेन्द्र बुढाथोकी र उहाँका पुत्र श्रीयसले वडा कार्यालयको लागि १ हजार लिटर क्षमताको १ थान खानेपानीको ट्याङ्की सहयोग गर्नुभएको हो । व्यवसायी बुढाथोकीले कार्यालयमा पुगेर वडा अध्यक्ष सुवर्ण लामालाई सो ट्याङ्की हस्तान्तरण गर्नुभएको थियो ।

सोमवार निजगढका युवा व्यवसायी दिपेन्द्र न्यौपानेले वडा कार्यालयको लागि डष्टविन ५ थान, प्वाल भएको डोरम्याट २ थान, सानो डोरम्याट ४ थानलगायत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

गत भाद्र २४ गते भएको आगजनीबाट कार्यालयको ३ थान एसी, १ थान ठूलो फोटोकपी मेसिन, २ थान डेक्सटप कम्प्युटर, २ थान स्क्यानर मेसिन, कर्मचारीले प्रयोग गर्दैआएको १ थान ल्यापटप, १ थान ५५ इन्चको टिभी, सोफा, फर्निचरलगायत २० लाख मूल्य बराबरको सामग्री नष्ट भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय