निजगढ,
जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले गरेको आगजनी र लुटपाटबाट कार्यालय संचालनमा समस्या भएपछि गर्नुभएको छ ।
व्यवसायी न्यौपानलेले सोमवार वडा अध्यक्ष सुवर्ण लामालाई डष्टविन ५ थान, प्वाल भएको डोरम्याट २ थान, सानो डोरम्याट ४ थानलगायत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
गत भाद्र २३ गते भएको आगजनीबाट कार्यालयको ३ थान एसी, १ थान ठूलो फोटोकपी मेसिन, २ थान डेक्सटप कम्प्युटर, २ थान स्क्यानर मेसिन, कर्मचारीले प्रयोग गर्दैआएको १ थान ल्यापटप, १ थान ५५ इन्चको टिभी, सोफा, फर्निचरलगायतका सामग्री नष्ट भएको थियो । आगजनीको क्रममा वडा कार्यालयबाट अन्दाजी २० लाख रुपैया मूल्य बराबरको सामग्रीमा क्षति पुगेको थियो ।
सो क्रममा केही बहुमूल्य सामग्रीहरु चोरी भएको पनि वडा अध्यक्ष लामाको आशंका छ । वडा कार्यालयले आइतवार एउटा सूचना निकालेर चोरी गरेको सामग्री फिर्ता गर्न सम्बन्धित व्यक्तिहरुसंग अनुरोध पनि गरिसकेको छ ।
आगजनी र लुटबाट कार्यालयको काम प्रभावित बन्दैआएको र यो सहयोगलबाट नियमित सेवा संचालन गर्न मद्दत पुग्नेभन्दै वडा अध्यक्ष लामाले यवसायी न्यौपानेप्रति आभार प्रकट गर्नुभएको छ ।
लामो समयसम्म कोठा भाडामा लिएर संचालन हुदैआएको वडा कार्यालयले गत असार २६ गते मात्रै नवनिर्मित आफ्नै पक्की भवनबाट सेवा सुरु गरेको थियो । बागमती प्रदेशका तत्कालिन अर्थमन्त्री कुन्दनराज काफ्लेले एक कार्यक्रमबीच कार्यालय भवनको उद्धाटन गर्नुभएको थियृो ।



