निजगढ,
सब डिभिजन वन कार्यालय निजगढबाट सरुवा हुनुभएका रेञ्जर निरज पोखरेलेको ‘फेरि भेटौला’ कार्यक्रमसहित सोमवार कार्यालयबाट बिदाई गरिएको छ ।
सब डिभिजन वन कार्यालयमा २ वर्षदेखि कार्यरत रेञ्जर पोखरेलको डिभिजन वन कार्यालय बारा सिमरामा सरुवा भएपछि निजगढका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र उपभोक्ताहरुले ‘फेरि भेटौला’ कार्यक्रमको आयोजना गरेर बिदाई गरेका हुन ।
निजगढ सब डिभिजन वन कार्यालय परिसरमा रहेको जनज्योति सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा भएको सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र कार्यालयका कर्मचारीहरुले फूलमाला र मायाको चिनो दिएर पोखरेलको बिदाई गरेका थिए ।
कार्यक्रममा सब डिभिजन वन कार्यालय निजगढकी अधिकृत शर्मिला नेपाल, वन उपभोक्ता महासंघ बारा जिल्लाका अध्यक्ष रामजी बजगाई, सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापा, संचारकर्मी गोकुल घोरसाइनेलगायतले रेञ्जर पोखरेलको कार्यकालमा निजगढ क्षेत्रको वन संरक्षणमा उल्लेखनीय कार्य भएको बताएका थिए । कार्यक्रममा बोल्दै पोखरेलले एउटा कर्मचारीको रुपमा आफूले इमान्दारिताका पूरा गरेको बताउदै आगामी दिनमा पनि कुनै दवाव र प्रभावमा नपरी पाएको जिम्मेवारीअनुसार काम गर्ने बताउनुभएको थियो ।
निजगगढ नगर अध्यक्ष थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन जनज्योति सामुदायिक वन उपभोक्ता समूहका सचिव रामकुमार सिञ्जालीले गर्नुभएको थियो ।




