निजगढ,
पूर्वपश्चिम लोकमार्गबाट बसमा लोड गर्न राखिएको अवस्थामा निजगढ प्रहरीले बिहीवार दिउसो ७५ लिटर तयारी घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी सहायक निरीक्षक ब्रजकिशोर सिंहको कमाण्डमा खटिएको राजमार्ग चेकिंङ टोलीले निजगढ ९ स्थित राजमार्गको लच्का पूर्व प्राथमिक स्वास्थ्य केन्द्र जाने सडक चौताराबाट ४ वटा बोराभित्र प्लास्टिकको पहेलो जर्किन र प्लास्टिकको ठूलो प्याकेटमा राखिएको अवस्थामा दिउसो १ बजे सो परिमाणको मदिरा बरामद गरेको हो ।
सडक किनाराको यात्रु प्रतीक्षालयमा बसमा लोड गर्न राखेको जस्तो देखिएकोले शंका लागेर खोजतलास गर्दा सो मदिरा बरामद भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरक्षक जीवन लामिछानेले बताउनुभयो ।
बरामद मदिरा प्रहरीले बिहीवार साँझ नै नष्ट गरेको छ ।
निजगढको ग्रामीण भेगमा उत्पादन भएको घरेलु मदिरा सवारी साधनमा राखेर सिमरा, कलैया र वीरगञ्ज जस्ता शहरमा पु¥याउने गरिएको छ ।



