निजगढ,    नेपाली काँग्रेस बारा क्षेत्र नम्बर १ को निजगढमा भएको अधिवेशनले क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन गर्न नसकेपछि पदाधिकारी मनोनयन गर्ने जिम्मा निर्वाचन समितिलाई दिइएको छ ।

आवश्यक संख्याभन्दा बढी आकांक्षी देखिएपछि बन्द सत्रबाट सर्वसम्मत रुपमा पदाधिकारीहरुको चयन गर्न समस्या परेको थियो । अधिवेशनमा महाधिवेशन प्रतिनिधिहरु बन्न चाहनेको संख्या निर्धारित कोटाभन्दा निक्कै बढी रहेको जनाइएको छ ।

अब काँग्रेस केन्द्रीय सदस्य शम्भुबहादुर बुढाथोकी, ममता शर्मा, मधेस प्रदेशका कार्यवहाक सभापती चन्द्रशेखर यादव र क्षेत्रका ५ वटै पालिकाका सभापतीहरु रहेको ८ सदस्यी निर्वाचन समितिले कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरुको चयन गर्ने छ । अधिवेशनको बन्द सत्रले नै पदाधिकारीहरुको नाम सर्वसम्मत रुपमा चयन गर्ने जिम्मा निर्वाचन समितिलाई दिएको बताइएको छ ।

स्रोतका अनुसार समितिले आजै राति सबै पदाधिकारीहरुको टुङ्गो लगाउने छ । ‘समितिको बैठक हुदैछ, स्रोतले भन्यो, प्रतेक पालिका सभापतीहरुमार्फत महाधिवेशन प्रतिनिधिको आकांक्षीहरुको नाम संकलन गरेपछि समितिले छलफल गरेर अन्तिम टुङ्गे लगाउने छ ।’ क्षेत्रीय र प्रदेश सभा समितिका पदाधिकारीको चयन पनि समितिले नै गर्ने छ ।

अधिवेशनले क्षेत्रीय र २ वटा प्रदेश समितिका पदाधिकारी सहित ३६ जना महाधिवेशन प्रतिनिधिको चयन गर्ने छ ।

स्रोतका अनुसार क्षेत्र नम्बर १ को सभापतीमा निजगढका महेशी कुवर र निजगढकै सूर्य घलानलाई प्रदेश सभा १ समितिको सभापतीमा चयन गर्ने समितिको तयारी छ । निजगढ नगर सभापतीको आकांक्षी रहनुभएका घलानलाई प्रदेश सभा १ को सभापती बनाउने सहमतिपछि निजगढ नगर कार्यसमितिमा पदाधिकारीहरुको सर्वसम्मत चयन शंभव भएको थियो ।

त्यसैगरी प्रदेश सभा २ को सभापतीमा भने सिम्रौनगढका मोहन कुशवाहाको नाम चर्चामा छ ।

निजगढस्थित शुभकार्य बैङ्कुटको सभा हलमा भएको उद्धाटन कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य शम्भुबहादुर बुढाथोकी, केन्द्रीय सदस्य ममता शर्मा, मधेस प्रदेश कार्यबहाक सभापती चन्द्रशेखर यादवलगायत बोल्नुभएको थियो ।

क्षेत्रीय सभापती विजयशंकर यादवको अध्यक्षतामा भएको सो अधिवेशनको उद्धाटन सत्रको संचालन सिकेन्द्र पासवानले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय