निजगढ,     निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले भोलि एक दिनको लागि निजगढमा संचालित विद्यालयहरुमा बिदा गर्न आग्रह गरेको छ ।

हाल पूर्वामानुमान गरिएको भारी वर्षाबाट उत्पन्न हुनसक्ने जोखिमलाई ध्यानमा राखेर निजगढ नगरपालिका कार्यालयले असोज ९ गते एक दिन बिदा गर्न सामुदायिक र संस्थागत विद्यालयहरुमा आज परिपत्र गरेको हो ।

नगरपालिकका शिक्षा अधिकृत प्रमुख उत्तम लामिछानेको हस्ताक्षरमा जारी पत्रमा भनिएको छ– ‘नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको गत असोज ७ गतेको परिपत्र, जल तथा मौसम विज्ञान विभागबाट जारी मौसमसम्बन्धी बुलेटिनमा असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको र हाल वर्षाको प्रभाव बढ्दै गएको अवस्थालाई मध्यनजर गरि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको आवतजावतमा हुनसक्ने सम्भावित जोखिमका आधारमा स्थानीय अवस्था तथा सम्भावित जोखिमको मूल्याङ्कन गरी विद्यालय बिदा गर्नुपर्ने अवस्था देखिएमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको समन्वयमा आवश्यकता अनुसार स्थानीय बिदाबाट मिलान हुने गरी बिदा गर्न अनुरोध छ ।’

नगरपालिकाले शुक्रबार बिदाको लागि अनुरोध गरेसंगै शनिबार र आइतबार सरकारी बिदा परेकाले नगरका विद्यालयहरु लगातार ३ दिन बन्द हुने भएका छन ।

यसअघि निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौलस्थित सरस्वती आधारभूत विद्यालय तल्लो सिमलचौरले मुसलधारे वर्षाको कारण देखाएर सिंगौल गाउँभन्दा बाहिरका विद्यार्थीहरुलाई आज र भोलि विद्यालयमा नआउन अनुरोध गर्दैै सूचना जारी गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक बालचन्द्र घिमिरेले सिंगौल गाउँभन्दा बाहिर धन्सार नदीपारि, दमैचौर र थाकलचौरबाट विद्यालय आउने विद्यार्थी र अभिभावकहरुलाई लक्षित गर्र्दै असोज ८ र ९ गते विद्यालयमा नआउनु÷नपठाउनु सूचना जारी गर्नुभएको हो ।

जल तथा मौसम विज्ञान विभागले असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय