निजगढ,  राष्ट्रिय प्रजातन्त्र पार्टी मधेस प्रदेश उपाध्यक्ष भरत मल्लले आफू राप्रपामै रहेको बताउनुभएको छ ।

मल्लले आज एक विज्ञप्ति निकालेर आफ्नो सहमति धवल शमसेर राणाको अध्यक्षतामा गठन भएको ‘जय नेपाल पार्टी’सँग नाम जोडेर प्रचार गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै यस प्रकारका भ्रमपूर्ण प्रचारको खण्डन गर्नुभएको हो ।

मल्लले आफ्नो राजनीतिक जीवन, योगदान र आबद्धताबारे सत्यतथ्य नबुझी वा सम्बन्धित व्यक्तिसँग कुनै जानकारी नै नलिई अन्य राजनीतिक दलसँग नाम जोड्नु गैरजिम्मेवार र आपत्तिजनक कार्य रहेको पनि बताउनुभएको छ ।

‘मसँग कुनै जानकारी वा आधिकारिक पुष्टि नगरी मेरो नाम ‘जय नेपाल पार्टी’ सँग जोडेर गरिएका सम्पूर्ण प्रचारहरू निराधार, भ्रामक र तथ्यहीन छन् ।’ मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले यस्ता गलत प्रचारले व्यक्तिगत राजनीतिक प्रतिष्ठामा आँच पु¥याउनुका साथै आम कार्यकर्ता तथा शुभेच्छुकहरूमा समेत भ्रम सिर्जना गरेको पनि बताउनुभएको छ ।

मल्लले आफ्नो नाम जोडेर हुदैआएको भ्रामक प्रचार तत्काल बन्द गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय प्रजातन्त पार्टीको राजनीतिक विचार, सिद्धान्त र आबद्धताप्रति स्पष्ट रहेको बताउदै राजनीतिक आबद्धता र जिम्मेवारीबारे कुनै पनि समाचार वा प्रचार–प्रसार गर्नुअघि आफूसंग आधिकारिक जानकारी लिन पनि अनुरोध गर्नुभएको छ ।

मल्ल राप्रपाको बारा जिल्ला पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय