निजगढ, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेको सरुवा भएको छ ।
प्रहरी निरीक्षक लामिछानेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मानवश्रोत व्यवस्थापन शाखामा सरुवा भएको हो भने निजगढमा जिल्ला प्रहरी परिसर भक्तपुर मानवश्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय बारा माताहतका प्रहरी कार्यालयहरुमा कार्यरत आठ जना प्रहरी निरीक्षकसहित देशभरिका ५०९ जना प्रहरी निरीक्षकहरुको सरुवा÷काज भएको हो । यसैक्रममा बारा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दिपक केसीको पनि सरुवा भएको छ । उहाँको प्रहरी वृत्त सातदोबाटो ललितपुरमा सरुवा भएको हो । उहाँको स्थानमा जिल्ला प्रहरी कार्यालय प्युठान मानव श्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक हरि भट्टराई आउँनुहुने छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक रन्जन मिश्रको पनि नेपाल प्रहरी प्रदेश कार्यालय अन्वेषण योजना शाखा वीरगञ्ज पर्सामा सरुवा भएको छ । कोल्हबीमा इलाका प्रहरी कार्यालय अनारमनी, झापाका प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको आउनुहुने छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पर्छाईको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँके सरुवा भएको छ भने सिम्रौनगढमा मधेस प्रदेश प्रहरी गण गुल्म जनकपुर धनुषाका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह आउनुहुने छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेशको बढुवा खालिको कारण इलाका प्रहरी कार्यालय पटेर्वा पथरी पर्साका प्रहरी निरीक्षक प्रकाश थापा खटाइनुभएको छ ।
ईलाका प्रहरी कार्यालय बारागढीका प्रहरी निरीक्षक कुसुम नायकको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ भने उहाँको स्थानमा लागू औषध नियन्त्रण ब्युरो सूचना संकलन तथा सुराकी शाखा कोटेश्वर, काठमाडौका प्रहरी निरीक्षक सविनकुमार कार्की आउने हुनुभएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालीम केन्द्र विपद उद्दार कार्यदल २ सामाखुशी काठमाडमा सरुवा भएको छ । उहाँको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा, टंगालका प्रहरी निरीक्षक सुमन लामा आउनुहुने छ ।



