निजगढ नगरपालिका वडा नम्बर ७ स्थित श्री नेत्रोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर डिसी र शिक्षक अभिभावक संघको अध्यक्षमा नारायण पराजुली सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

विद्यालयमा आज भएको अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक÷अभिभावक संघका पदाधिकारीहरुको सर्वसम्मत रुपमा चयन गरेको हो ।

स्थानीय शिक्षासेवी डिसी सो विद्यालय व्यवस्थापन समितिमा चौथोँ कार्यकालको लागि र शिक्षक अभिभावक संघमा भने पराजुली पहिलो पटक अध्यक्ष चुनिनु भएको हो ।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र मण्डलले दिएको जानकारी अनुसार भेलाले विविस र शिक्षक अभिभावक संघका सबै पदाधिकारीहरु सर्वसम्मत रुपमा छनौट गरेको हो ।
प्रअ मण्डलका अनुसार विविस सदस्यमा कृष्णप्रसाद पण्डित, रमा मिजार र सङ्गिता गुरागाई चुनिनुभएको छ ।

त्यसैगरी शिक्षक अभिभावक संघको सदस्यमा सिताराम अधिकारी, भगवती राना, सपना बोहरा, अनु आचार्य, जानुका काफ्ले, सावित्री साह र शान्तीकुमारी डिसी चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय