निजगढ नगरपालिकालाई मोतियाबिन्दुका कारण हुन अन्धोपन शुन्य नगरपालिका बनाउन निजगढ नगरपालिका र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालबीच संझौता भएको छ ।

निजगढ नगरपालिकाको कार्यालयमा मंगलबार भएको संझौताअनुसार निजगढलाई मोतियाबिन्दुका कारण हुने अन्धोपन शुन्य पालिका बनाउन तिलगंगा आँखा अस्पतालसंग संझौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले जानकारी दिए।

त्यसैगरी तीलगंगा आँखा अस्पतालका वरिष्ठ मानव संसाधन व्यवस्थापक मुकेश सिंहले संझौता अनुसारका निजगढका प्रतेक घरधुरीमा पुगेर सबैजनाको आँखा परीक्षण र मोतियाविन्दुको उपचार गरिने बताए।

अस्पतालले रतनपुर क्षेत्रबाट यही माघ २३ गतेदेखि आँखा चेकजाँचका कार्य शुरु गर्ने जनाएको छ । कार्यक्रम अन्तर्गत मोतियाबिन्दु पहिचान गर्न नगरपालिकाले अस्पताललाई वार्षिक २ लाख ८० हजार रकम सहयोग गर्ने जनाइएको छ । संझौतामा नेपाल आँखा कार्यक्रम, तीलगंगा आँखा अस्पतालका वरिष्ठ मानव संसाधन व्यवस्थापक मुकेश सिंह र नगरपाविलकाका प्रमुख प्रशासकीय अधिकृत गौतमले हस्ताक्षर गरेका हुन।

यसैबीच वरिष्ठ मानव संसाधन व्यवस्थापक सिंहले निजगढ तीलगंगा आँखा अस्पताल निजगढबासीको लागि गौरवको संस्था भएकोले सबैको सहयोग आवश्यक रहेको बताए।

मंगलबारनै अस्पतालमा स्थानीय पत्रकारहरुसंग कुरा गर्र्दै संसाधन व्यवस्थापक सिंहले सो कुरा बताए। सोही अवसरमा निजगढ तीलगंगाका व्यवस्थापक सुधीर श्रेष्ठले अस्पतालले निजगढमा संचालन गरेको सेवाको बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय