निजगढ नगरपालिका वडा नम्बर १० र ९ को मतगणना सुरु भएको छ । अब मतगणना ३ ठाँउमा हुने भएको हो ।

यसअघि २०७४ को स्थानिय निर्वाचनमा वडा नम्बर १० मा नेपाली काँग्रेसका पदम बहादुर मोक्तान ४ सय ११ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका टेक बहादुर मुक्तानले ३ सय ४ मत प्राप्त गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार बहादुर मुक्तानले ३ सय मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपीलाल जिम्बाले ६ मत प्राप्त गरेका थिए ।

हाल यस वडाको वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पदम बहादुर मोक्तान र नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का गोपी लाल जिम्बा बिच प्रतिस्पर्धा रहेको छ ।

यस्तैगरी यसअघि २०७४ को स्थानिय निर्वाचनमा वडा नम्बर ९ मा नेकपा एमालेका सुदरसन प्रसाद बडालले ८ सय ३३ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नेकली काँग्रेसका राजेन्द्र प्रसाद ढोजरीले ८ सय २१ मत प्राप्त गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केशर थापा मगरले ६६ मत, राष्ट्रिय जनता पार्टी नेपालका जुलफकार मोहम्मदले १० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका हिरालाल श्रेष्ठले १० मत प्राप्त गरेका थिए ।

हाल यस वडाको वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र कटुवाल र नेकपा एमालेका उम्मेदवार गणेश बहादुर श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का पदम बहादुर श्रेष्ठ बिच प्रतिस्पर्धा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय