
निजगढ नगरपालिका वडा नम्बर १० लालबाट वडा अध्यक्ष पदको उम्मेद्वारीका लागि पार्टीबाट टिकट पाउने संभावना नरहेपछि नेकपा एमालेका जिल्ला कमिटी सदस्य कुमार मोक्तानले पार्टी परित्याग गरेको र पुनः माओवादी केन्द्रमा फर्किएको घोषणा गरेका छन्।
गत पुष १५ गते उनी बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेर एमालेमा प्रबेश गरेका थिए । मोक्तान यस अघि नेकपा माओबादी केन्द्रको बारा जिल्ला कमिटि सदस्य थिए ।
मोक्तान वैशाख ३० का लागि तय भएको स्थानीय तह निर्वाचनका लागि एमालेका तर्फबाट वडा नंम्बर १० लालको अध्यक्ष पदको आंकाक्षी थिए ।
उम्मेद्वार छनोटका लागि भएको वडा कमिटी बैठकले आशाकाजि श्रेष्ठलाई सर्वसम्मत अम्मेदवार बनाउने निर्णय गरेसंगै मोक्तानले पार्टी छोडेको बताईएको छ ।
सम्बन्धित खबर