नेकपा माओवादी केन्द्र छोडेर निजगढका कुमार मोक्तान नेकपा एमाले प्रवेश गरेका छन । बिहिबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा पुगर नेकपा एमालेमा प्रबेश गरेका हुन ।

नेकपा एमालेले लिएको निती र बिकाशका एजेण्डाले मात्र नेपाल र नेपालीको हित हुने भन्दै उनले एमालेमा प्रबेश गरेका हुन । मोक्तान नेकपा माओबादी केन्द्रको बारा जिल्ला कमिटि सदस्य समेत हुन ।

मोक्तानलाई एमाले अध्यक्ष ओलीले अबिर लगाएर स्वागत गरेका थिए । मोक्तानसहित प्रदेश नम्बर २ का प्रदेश सदस्य सुर्दशन प्रसाद कोइराला, अम्बिका चौलागाई, जिल्ला कमिटि सदस्य रामकृष्ण घिमिरे, युवा संघ नेपालका केन्द्रिय सदस्य इराज कोइराला लगाएतका टोलि ओलि निवास पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय