निजगढ, जीतपुरसिमरा उपमहानगरपालिका– १ स्थित पथलैया जङ्गलमा अचेत अवस्थामा फेला परेका निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलाल निवासी दुधराज थिङको उपचारको क्रममा हिजो राति मृत्यु भएको छ ।
मृतकका आफन्त निजगढ १३ डम्बरपुरका कमान सिं थिङ्गले दिएको जानकारी अनुसार उनको नेपाल मेडिसिटी अस्पतालमा हिजो राति ८ः५५ बजे मृत्यु भएको हो ।
पथलैयाबाट १ किमी उत्तरतर्फको जंगलमा अचेत अवस्थामा फेला परेका थिङ्गको उद्धार गरेर प्रहरीले उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको थियो । नारायणीबाट रिफर भएर मेडिसिटी पु¥याइएलगत्तै उनको मृत्यु भएको कमानले जानकारी दिनुभयो ।
प्रहरीले पहिचान खुल्न नसकेकोभन्दै थिङ्गको फोटो सार्वजनिक गरेपछि निजगढको भक्तलाल र डम्बरपुरबाट आफन्तहरु हिजै साँझ वीरगञ्ज पुगेका थिए । मानसिक समस्याका बिरामी थिङ्ग केही दिनअघिदेखि हेटौडामा बस्दै आएका थिए । थिङ्ग बुधवार दिउसो २ बजे नै हेटौडाको कर्रास्थित ससुरालीको घरबाट निस्किएका थिए ।
अन्दाजी ४० वर्षका मृतकका थिङ्गको परिवारमा श्रीमतिसहित २ छोरा र १ छोरी छन ।



