निजगढ, नेपाली कांग्रेसको देउवा समूहले निजगढका अमिर मोक्तानलाई पार्टीको भातृ सस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय समितिको सभापतिमा मनोनित गरेको छ ।
पार्टीको १५औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा. शासंक कोइरालाले मोक्तानलाई आज पार्टीको भातृ संगठनको रुपमा रहेको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय सभापति पदमा मनोनित गरिएको पत्र प्रदान गर्नुभएको हो ।
देउवा समूहको तर्फबाट निजगढ नगर सभापति समेत रहनुभएका मोक्तान यसअघि पनि महासंघको केन्द्रीय सदस्य रहनुभएको थियो ।
निजगढ ९ निवासी मोक्तान गत असोज २३ गते भएको नगर अधिवेशनमा सो समूहको निजगढ नगर सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।



