निजगढ,      निजगढ ९ स्थित समुदायमा आधारित प्रसुति गृह, निजगढ सामुदायिक अस्पतालमा ५० शैयाको अस्पतालसहितको ट्रमा सेन्टर संचालनार्थ आवश्यक स्रोत जुटाउन श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।

अस्पतालले आज बिहान दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ५० शैयाको अस्पतालसहितको ट्रमा सेन्टर संचालन गर्न आगामी मंसिर १५ गतेबाट महायज्ञ आयोजना गर्न लागिएको अस्पाताल संचालक समितिका अध्यक्ष माधब न्यौपानेले जानकारी दिनुभयो । अस्पतालको सेवा विस्तार गरी सेवालाई थप प्रभावकारी तुल्याउने उद्देश्यले दान रकम संकलन गर्न महायज्ञ गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले पनि अस्पतालमा सेवा प्रभावकारी तुल्याउन आवश्यक भएको बताएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख एंव नेकपा एमाले जिल्ला कमिटी सदस्य चण्डिका उप्रेती, रास्वपा बारा जिल्ला सचिव रामहरी खरेल, नेपाली काँग्रेस बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती महेशी कुवर, रास्वपा निजगढ नगर सभापती सन्दीप भट्टराई, काँग्रेस नगर सभापती एंव निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, नेकपा एमाले नगर सचिव थानेश्वर सापकोटा, नेपाली कम्यूनिष्ट पार्टीका सन्तोष दङ्गाल, निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, अस्पतालका संस्थापक अध्यक्ष एकबहादुर श्रेष्ठ, प्रस्तुति गृह स्थापनाको क्रममा जग्गादाता राजमान श्रेष्ठले अस्पतालले संचालन गर्न लागेको महायज्ञ सफल पार्न निजगढबासी सबैको सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, काँग्रेस महाधिवेशन प्रतिनिधि नवराज तिमल्सिना, निजगढ नगरपालिका वडा नम्बर ८ का पूर्ववडा अध्यक्ष टेकबहादुर लामा, सशस्त्र प्रहरी बेस निजगढका प्रहरी नायव उपरीक्षक मुरारी अधिकारी, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारी, जिल्ला ट्राफिक कार्यालय निजगढका निरीक्षक हरी भट्टराई, संचारकर्मी गोकुल घोरसाइने, जीतलाल श्रेष्ठ र महेश्वर अधिकारीलगायतले बोल्नुभएको थियो ।

अस्पताल संचालक समितिका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण समितिका कोषाध्यक्ष भाइकाजी श्रेष्ठले गर्नुभएको थियो ।
३ दशकअघि स्थापना भएको प्रसुति गृहमा ५० शैयाको अस्पताल संचालन गर्न वातावरणीय प्रभाव मूल्याङ्क सम्बन्धि कार्य पूरा भइसकेको भएपनि आवश्यक स्रोतको अभावमा संचालन हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय