निजगढ, गत भदौं १० गते भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता निजगढ ९ का राज विष्टको परिवारलाई नेकपा एमाले निजगढ नगर कमिटीले पक्की घर निर्माण गरिदिने भएको छ ।
िविष्टको १३औं दिनको तिथिमा आज परिवारमा समवेदना व्यक्त गर्न पुगेको एमाले नेताहरुको टोलीको तर्फबाट निजगढ नगर अध्यक्ष तिलक घलानले स्वर्गीय विष्टको परिवारको लागि जस्तापाताले छाएको २ कोठे पक्की घर निर्माण गरिदिने जानकारी दिनुभएको हो ।
अध्यक्ष घलानले पार्टी कार्याकर्ताहरुको श्रमदान र आर्थिक सहयोगबाट आगामी छठ पर्वपछि निर्माण कार्य पुरा गरेर परिवारमा घर हस्तान्तरण गरिने पनि जानकारी दिनुभयो ।
सो अवसरमा निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरी, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटा, पार्टी मधेस प्रदेश कमिटी सदस्यहरु अम्बिका चौलागाईं, सुदर्शन कोईराला, अन्जु नेपालीसहित जिल्ला कमिटी र नगर कमिटी सचिव थानेश्वर सापकोटलगायत पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।



