निजगढ,      भोटेकोशी बाढीमा बेपत्ता निजगढका युवक दिनेश परियारको आज धार्मिक विधिअनुसार कुशको शव बनाएर दाहासस्कार गरिएको छ ।

गत भदौं १० गते बुधवार बिहान हिमपहिरोपछि रसुुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता ३० वर्षीय परियारको अवस्था पत्ता नलागेपछि आफन्तले कुशको शव बनाएर निजगढ ९ को आर्यघाटमा अन्त्यष्टि गरेका हुन ।

दाहासंस्कार स्थलमा वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा नम्बर १२ का वडा अध्यक्ष एंव नेपाली काग्रेस निजगढ नगर सभापती ज्ञानबहादुर गोले, निजगढ नगरपालिकाका पूर्वमेयर सुरेश खनाललगायत आफन्त र स्थानीयहरु पुगेका थिए ।

बाढीमा बेपत्ता परियारको लामो समयसम्मको खोजीपछि पनि अवस्था पत्ता लाग्न नसकेपछि धार्मिक विधिअनुसार दाहासंस्कार गरिएको आफन्तहरुले बताएका छन । परियार बाढीमा परेर बेपत्ता बनेलगत्तै वडा नम्बर ९ का वडा अध्यक्ष कटुवालसहित परियारकी श्रीमती निरुता र आफन्तहरु खोजीको लागि रसुवा, चितवन, नुवाकोट लगायत विभिन्न जिल्लामा पुगेका थिए ।

बैदेशिक रोजगारीबाट फर्किएपछि वीरगञ्जका एक मालिकको कन्टेनर चलाउदै आएका उनी सामान लिन रसुवा नाका पुगेको बेला बाढी परेका थिए ।

आर्थिक रुपमा कमजोर परियारको परिवारलाई वडा कार्यालयले ३० हजार आर्थिक सहयोग गरेको छ भने ७ वर्षिय छोरा रोमन र निजगढका बेपत्ता अर्का युवक राज विष्टको १२ वर्षिय छोरा क्रिसलाई स्थानीय होली एन्जल्स सेकेन्डरी बोडिङ्ग स्कूलका प्रिन्सिपल नारायण शर्माले माध्यामिक तहसम्म निःशुुल्क पठन पाठनको ब्यवस्था गर्ने घोषणा गर्नुभएको छ ।
परियारको परिवारमा २६ वर्षिया पत्नी, ७ वर्षिय छोरा रोमन र ५५ वर्षिया आमा विष्णुुकुुमारी छन् ।

बाढीमा परेर बेपत्ता भएका सोही वडाका राज विष्टको पनि गत असोज २ गते हिन्दुु धार्मिक परम्पराअनुसार कुशको शव बनाएर दाहासस्कार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय