निजगढ, निजगढ नगरपालिकाकाले रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा बाढीका कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनःस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख ४० हजार ४४० रुपैया सहयोग गर्ने भएको छ ।
नगरकार्यपालिकाको आज बसेको बैठकले नगरपालिकाको विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि र कर्मचारीको मासिक तलब तथा भत्ता रकमसमेत गरी राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख सुरथ पुरीका अनुसार प्रधानमन्त्री राहत कोषमा नगरपालिकाका सबै जनप्रतिनिधिहरुले १० दिन बराबरको भत्ता रकम र कर्मचारीहरुको तहअनुसार २ दिनदेखि १० दिन बराबरको तलब जम्मा हुने छ ।
यसअघि जिल्लाको कलैया उपमहानगरपालिकाले बाढी पीडितहरुको लागि प्रधानमन्त्री राहत कोषमा ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो भने जीतपुरसिमरा उपमहानगरपालिकाले ११ लाख रुपैयासहयोग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी जिल्लाको महागढीमाई नगरपालिकाले राहत कोषमा ४१ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।



