निजगढ,       निजगढ ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढीमा परेर बेपत्ता निजगढ नगरपालिका वडा नम्बर ९ निवासी राज विष्ट र दिनेश परियारका छोराहरुको पठनपाठनमा सहयोग पु्याउने उद्देश्यले स्टेशनरी सामग्री सहयोग गरेको छ ।

सहकारी संस्थाको बिहिबार भएको २६औं बार्षिक साधारण सभाको अवसरमा विष्टका छोरा क्रिष्ट र परियारका छोरा रोहनलाई संस्थाका अध्यक्ष रुद्रप्रसाद धितालले शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
सोही कार्यक्रममा गौरीशंकर क्याम्पस निजगढ ९ बारामा अध्ययनरत संस्थाका शेयर सदस्य श्री माधवप्रसाद दाहालका छोरालाई २० हजार रुपैया छात्रबृत्ति रकम पनि प्रदान रकम प्रदान गरिएको छ ।

त्यसगरी शैक्षिक शत्र २०८२ सालको एसईईमा निजगढ नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउन सफल छात्रातर्फ गौरीशंकर माध्यमिक विद्यालय निजगढ, ८ की प्राश्ना लामा र विद्यासागर ई. बोर्डिङ स्कूल निजगढ, ७ का रंजित थापाका अभिभावकहरुलाई ५ हजार नगदसहित सम्मान गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट कारोवारी सदस्य प्रलादप्रसाद रिमाल र उत्कृष्ट शेयर कारोवार सदस्य टपकुमारी कार्की र उत्कृष्ट बाल बचत सदस्य सुर्बी अधिकारीलाई पनि २ हजार ५ सय नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट ऋण कारोबार सदस्य सम्मान चण्डीका देवी कसाहीलाई प्रदान गरिएको छ भने उत्कृष्ट बचत कारोवार सदस्य सम्मान संतोषीकुमारी भण्डारीले प्राप्त गर्नुभएको छ । उनीहरुलाई पनि २ हजार ५ सय नगदसहित सम्मान गरिएको हो ।
सोही कार्यक्रममा अध्यक्ष धितालले निजगढ ५ स्थित जनजागृति आधारभुत विद्यालय निजगढ ५ का छात्र–छात्रालाई रु ४० हजार बराबरको आवश्यक सामग्री उपलब्ध गराउने घोषणा पनि पनि गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा संस्थाका निवर्तमान सञ्चालक समितिका पदाधिकारीहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

साधारण सभाले अध्यक्ष धितालले पेस गरेको संस्थाको बार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक राजु गौतमको लेखा समितिको प्रतिवेदन र संस्थाका कोषाध्यक्ष सुदिप तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

संस्थाका अध्यक्ष धितालको अध्यक्षता र निवर्तमान अध्यक्ष भोलाप्रसाद गौतमको प्रमुख अतिथ्यतामा भएको सो सभामा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोइरालालगायतले सहकारीको महत्व र आवश्यकताको बारेमा बोल्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय