निजगढ,
सहिद मुखलाल स्मृति प्रतिष्ठानले टंकनाथ–रत्नकुमारी स्मृति अक्षयकोषमार्फत संचालन गरेको यस वर्षको जेहेन्दार छात्र÷छात्रा पुरस्कार गौरीशंकर क्याम्पसकी छात्रा अर्चना बडाल र गौरीशंकर माध्यमिक विद्यालयका सुरज पौडेल प्राप्त गरेका छन ।

प्रतिष्ठानका अध्यक्ष पौडेलसहित कार्यक्रमका अतिथिहरुले साधारणसभाको अवसरमा आज बडालका पिता राजन बडाल र सुरजका पिता केशव बडाललाई १०÷१० हजार राशीको उक्त पुरस्कार वितरण गर्नुभएको हो ।

प्रतिष्ठानका अध्यक्ष पौडेलसहित भाइ नवराज, नविनराज र बबिनले स्वर्गीय पिता टंकनाथ र माता रत्नकुमारीको स्मृतिमा स्थापना गरेको अक्षयकोषको रकमबाट प्रतिष्ठानले निजगढ नगरपालिकाको उच्च शिक्षा र माध्यमिक तहको अन्तिम परीक्षामा उत्कृष्ट अंकसहित उतिर्ण हुने १÷१ जना गरी २ जना विद्यार्थीलाई प्रतेक वर्ष जेहेन्दार छात्र÷छात्रा पुरस्कार प्रदान गर्दैआएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय