राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढमा बुधबार भएको एक कार्यक्रमलाई लिएर रास्वपा निजगढमा बिबाद देखियो। पार्टीको ब्यानर प्रयोग गरेर गरिएको कार्यक्रममा सभापति बाहेकका सबै पदाधिकारीहरु, माधिबेशन प्रतिनिधि, क्षेत्रीय समिति, प्रदेश कमिटिकाका सदस्य तथा कृषी बिभागका उपप्रमुख, जिल्ला समितिका पदाधिकारी तथा सात पालिकाका सभापतिहरु, निजगढका २, ३, ६, ८, ९, ११, १२ र १३ वडा सभापति तथा उपसभापति उपस्थितिमा भएको कार्यक्रममा निजगढ नगरपालिकाका सभापति भने उपस्थिति भएनन्।

यता कार्यक्रमको बारेमा रास्वपाको आन्तरीक गुपमा भने कार्यक्रमको जानकारी अघिल्लो दिन नै गराईएको थियो। त्यसपछि नगर सभापति सञ्जीव भट्टराईले समेत नगरले कार्यक्रम गर्ने तर कस्तो कार्यक्रम, स्थान र समयको बारेमा जानकारी दिने भन्ने जानकारी दिए। तर कार्यक्रमको बारेमा अधिल्लो दिनसम्म पनि कुनै जानकारी नदिएपछि रास्वपा निजगढका पदाधिकारी र सर्मथकले बौद्धिक सर्कल, निजगढ नगरपालिकाको आयोजनामा युवापुस्तामा बढ्दै गएको लागुऔषध दुव्र्यसन, यसको सामाजिक प्रभाव तथा नियन्त्रण र रोकथामका उपायबारे छलफल कार्यक्रमगर्ने तयारी गरे।

सभापतिलाई निमन्त्रणा गरिएको भए पनि उनी कार्यक्रममा सहभागी भएनन्। उल्टै कार्यक्रममा सहभागी नहुन निर्देशन दिँदै विज्ञप्ति जारी गरेपछि विवाद थप चर्किएको हो।

यसरी, कार्यक्रमको आयोजनादेखि नेतृत्वको सहभागिता र निर्देशनसम्मको विषयले निजगढ रास्वपाभित्रको आन्तरिक मतभेद सतहमा ल्याएको देखिन्छ।

 

अपडेट हुँदैछ…………..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय