निजगढ, निजगढ वडा नम्बर ७ लच्काका ४१ वर्षीय गोपाल श्रेष्ठ ३ दिनदेखि घरपरिवारबाट सम्पर्कविहीन हुनु भएको छ ।
गत शनिवार बिहान १० बजेतिर परिवारका सदस्यहरुलाई जानकारी नै नदिइ घरबाट निस्किनुभएका उहाँ आज राति अबेरसम्म परिवारको सम्पर्कमा नआएको र अवस्थाबारे पनि कुनै जानकारी प्राप्त नभएको पारिवारिक स्रोतले जनाएको छ ।
निजगढ ७ स्थित पूर्वपश्चिम राजमार्गबाट सिंगौल जाने सडकको गेटनजिक १ वर्षदेखि चना चटपटेको पसल राखेर व्यापार गर्दै आउनुभएका उहाँले शनीबार दिउसो चन्द्रपुरस्थित एकजना आफन्तको घरमा पुगेर खाना खाएको र त्यसपछिको अवस्था बारेमा भने जानकारी प्राप्त हुन नसकेको गोपालका भिनाजु दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
गोपालको बारेमा जानकारी वा सूचना प्राप्त गर्ने व्यक्तिले मोबाइल नम्बर ९८४५१५९१८४ सम्पर्क गरेर खबर गरिदिन पनि भिनाजु दिपकले सबैसंग अनुरोध गर्नुभएको छ ।



