निजगढ,      निजगढ नगरपालिकाले महेन्द्र राजमार्ग अन्तर्गत नगर क्षेत्रभित्र पर्ने सडकखण्डमा बढ्दो दुर्घटना जोखिम न्यूनीकरणको लागि ट्राफिक प्रहरीलाई सामग्री सहयोग गर्ने भएको छ । नगरपालिकाले ट्राफिक प्रहरीलाई सडकमा विभिन्न स्थानमा ट्राफिक संकेत अंकित होडिङ्ग बोर्ड, डिभाइडर र जेब्रा क्रसिङ्ग  राख्ने कार्यमा सहयोग गर्ने भएको हो ।

नगरपालिका कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ बारालाई बिहीवार पत्र पठाएर दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने विवरणको सूची माग गरेको छ ।

नगर कार्यपालिकाको कार्यालयको पत्रमा राजमार्गको पूर्वतर्फ सिङ्गौल जाने गेटदेखि पश्चिमतर्फ बकैया पुलसम्मको सडक क्षेत्रलाई दुर्घटनामुक्त सडक बनाउनुपर्ने भन्दै सो क्षेत्रमा ‘के, कस्तो संकेत’ (ट्राफिक साइन) राख्नुपर्ने र ‘जेब्रा क्रसिङ’ कहाँ–कहाँ आवश्यक छ भन्ने विषयमा विस्तृत विवरण उपलब्ध गराउन भनिएको छ । नगरपालिकाले उक्त विवरण बैशाख २१ गतेभित्र उपलब्ध गराउन पनि आग्रह गरेकोे छ ।

सडक दुर्घटनाका कारण हुने मानवीय क्षति तथा जोखिमलाई ध्यानमा राख्दै सवारी साधनको गति नियन्त्रण, सवारी साधनबीचको ओभरटेक समस्या समाधान तथा जथाभावी रोक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नगरपालिकाले ट्राफिक प्रहरीलाई राजमार्ग क्षेत्रमा संकेत जडान गर्न सहयोग गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय