निजगढ,      निजगढस्थित साथी सहकार्य युवा क्लबले देउसी भैलो खेलेर संकलन गरेको रकममध्ये निजगढ ८ स्थित ओमनमो लोकेश्वर गुम्बालाई १ लाख ५० हजार रुपैया सहयोग गरेको छ ।

क्लबका अध्यक्ष विपुल लामा र क्लबका पदाधिकारीहरुले आज एक कार्यक्रमबीच गुम्बा व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर योञ्जनलाई सो रकम हस्तान्तरण गरेका हुन ।

सहयोग रकम गुम्बा निर्माण तथा सम्भार कार्यमा खर्च हुने क्लबका सूचना विभाग प्रमुख अंकित गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार क्लबले यस वर्ष निजगढ क्षेत्रमा खेलेको देउसी भैलोबाट करिब ३ लाख रुपैया संकलन गरेको थियो ।

खर्च कटाएर बाँकी रहेको रकम आगामी दिनमा अन्य सामाजिक कार्यमा सहयोग गरिने गौतमको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय