निजगढ,     बारा क्षेत्र नम्बर १ का पूर्व सांसद एवंम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटी सदस्य अच्युत मैनालीको वाट्सएप अकाउन्ट ह्याक भएको छ ।

एमाले नेता मैनालीले आफ्नो नाममा रहेको ९८५५०२१७०१ नम्बरको वाट्सएप अकाउन्टमा अनधिकृत पहुँच (ह्याक) भएको जानकारी दिनुभएको हो । मैनालीले शुक्रवार सामाजिक सञ्जाल फेसबुक स्टाटस लेखेर आफ्नो अकाउन्ट ह्याक भएको र सो नम्बरबाट कसैले पैसा मागेको सन्देश वा कल आएको छ भने विश्वास नगर्न आग्रह गर्नुभएको छ । मैनालीले ‘महत्वपूर्ण सूचना’ भन्दै फेसबुक स्टाटसमा लेख्नुभएको छ– ‘मैले कसैसँग कुनै पैसा मागेको छैन । मेरो अकाउन्ट दुरुपयोग वा ह्याक भएको हुनसक्छ ।’

मैनालीले ‘महत्वपूर्ण सूचना’ भन्दै लेख्नुभएको स्टाटसमा भनिएको छ, ‘कृपया मेरो नाममा कसैलाई पनि पैसा नपठाउनुहोस् । यस्तो सन्देश आएमा तुरुन्त रिपोर्ट गरिदिनुहोस् र मलाई पनि जानकारी गराइदिनुहोस् ।’

उहाँका अनुसार ह्याकरले शुक्रवार दिउसो नै आफ्नो व्यक्तिगत अकाउन्ट नियन्त्रणमा लिएर विभिन्न व्यक्तिलाई आर्थिक सहयोग माग गर्दै सन्देश पठाएको छ । ह्याकरले आफ्नो वाट्सएप अकाउन्टको दुरुपयोग गर्नसक्ने सम्भावना रहेकोले सतर्क रहन मैनालीले सबैमा आग्रह पनि गर्नुभएको छ ।

यसअघि पूर्वमन्त्री एवंम नेकपा एमालेका नेता पुषोत्तम पौडेल र बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य चन्दन सिंहको वाट्सएप अकाउन्ट पनि ह्याक भएको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय