निजगढ,     नयाँ वर्ष २०८३  को  अवसर पारेर निजगढमा  ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला संचालन हुने भएको छ ।

निजगढ ८ को शहीद चोकस्थित पुरानो दाल मिलअगाडि वैशाख ९ गतेबाट वैशख १४ गतेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरूका लागि विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरिएको छ ।

टीभीएस मोटरसाइकलका लागि निजगढको आधिकारिक बिक्रेता माँ अजिमा ट्रेडर्सद्वारा आयोजित एक्सचेन्ज मेलामा टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरहरूमा विशेष छुट तथा सुविधा उपलब्ध गराइने जनाइएको छ ।

एक्सचेन्ज मेलामा सहभागी हुने ग्राहकहरूले ५ वर्षसम्म निःशुल्क पेट्रोल, हरेक दिन ५ लाख रुपैयाँसम्म क्यास छुट र निःशुल्क हेलमेट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकहरूको सहजताका लागि न्यूनतम मासिक किस्ता (ईएमआइ) २ हजार ९ सय ६७ रुपैयाँबाट सुरु हुने व्यवस्था पनि गरिएको माँ अजिमा ट्रेडर्सका प्रोपराइटर रवि राजभण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी फाइनान्स प्रक्रियालाई समेत सहज बनाउँदै नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा छिटो फाइनान्स सुविधा उपलब्ध गराइने पनि भण्डारीले जानकारी दिनुभएको छ ।
नयाँ वर्षमा सवारी साधन खरिद गर्न चाहनेहरूका लागि टीभीएस समार्ट एक्सचेन्ज मेला उपयुक्त अवसर हुने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय