निजगढ,
०६३÷०६४ सालको जनआन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएका सहिद हिरालाल गौतमको स्मृतिमा आज निजगढमा स्मृति सभाको आयोजना गरिएको छ ।

निजगढ ४ स्थित सहिद पार्कमा सहिद हिरालाल स्मृति प्रतिष्ठानको आयोजना भएको सो सभाका सहभागीहरुले गौतमको शालीकमा माल्यार्पण गर्नुका साथै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सहिद गौतमको योगदानको चर्चा गरेका थिए ।

सहिद हिरालाल स्मृति प्रतिष्ठानका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर ४ का बिसन सापकोटा, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापामगरको सहभागिता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष तिलक घलान, नेकपा निजगढ नगर कमिटी अध्यक्ष सन्तोष दङ्गाल, सहिद पिता खडानन्द गौतम, पत्नी गायत्री गौतमलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयबासिन्दाहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले सहिदहरुको बलिदानकै कारण नेपालमा प्रजातन्त्र पुर्नवहाली र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले सहिद गौतमको सपना साकार पार्न सबैले आआफ्नो क्षेत्रमा इमान्दारिताका साथ काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रमको संचालन नेकपा एमाले निजगढ नगर सचिव थानेश्वर सापकोटाले गर्नुभएको थियो ।

निजगढ नगरपालिका वडा नम्बर ५ का बासिन्दा गौतमको निजगढमा भएको प्रदर्शनमा क्रममा सुरक्षाकर्मीको गोली लागेर ०६४ साल बैशाख ४ गते जयन गएको थियो । सहिद हिरालाल स्मृति प्रतिष्ठानले हरेक वर्ष निजगढमा सहिद गौतमको सम्झनामा स्मृति दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय