निजगढ,         निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलस्थित गौरीशंकर माध्यमिक विद्यालयको प्रधानाध्यापकमा राजकुमार सापकोटा नियुक्त हुुनुभएको छ । सापकोटाले मंगलवार प्रधानाध्यापकको जिम्मेवारी पनि ग्रहण गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटासहित समितिका पदाधिकारी र विद्यालयका निमित्त प्रधानाध्यापक श्रीहरी न्यौपानेले उहाँलाई पदभार ग्रहण गराउनुभएको हो ।

माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक सापकोटा यसअघि गत पुष महिनामा कलैयास्थित ३ चन्द्र माविबाट सरुवा भएर गौरीशंकर माविमा आउनु भएको थियो । विद्यालयका तत्कालिन प्रधानाध्यापक यादवकुमार तिमल्सिना सेवा निवृत्त भएपछि अर्का शिक्षक श्रीहरी न्यौपानेले विद्यालयमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हादै आउनुभएको थियो । त्यतिबेला सापकोटा भने विद्यालयमा सहायक शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले नयाँ प्रअको कार्यकाल सफल हुने र विद्यालयको चौतर्फी उन्नतिमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी प्रअ सापकोटाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरुसंग समन्वय गरेर गुणस्तरी शिक्षा र विद्यालयको प्रगतिको लागि काम गर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको सोमवार बसेको बैठकले सापकोटालाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो भने पूर्व निमित्त प्रअ न्यौपानेलाई सहायक प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय