निजगढ,    निजगढ नगरपालिका– ४ का  कछडिया समुदायको परम्परागत कुलपूजा आज सम्पन्न भएको छ ।

आज बिहान कछडिया टोल नजिकैको बरमस्थानमा सामुहिक पूजा अचर्नापछि कुलपूजा विधिवत रुपमा समापन गरिएको हो । कछडिया समुदायको मुख्य धार्मिक परम्पराको रुपमा रहेको कुलपूजाको पहिलो दिन हिजो सामुहिक रुपमा बली पूजा गरिएको हो ।

कछडिया समुदायलले बकैया खोला किनारामा भेला भएर बली पूजा गरेका थिए । सो क्रममा आफूहरुको मनोकामना पूरा भएको खुसियालीमा पूजापाठसहित बोका, पाठी, कुखुरा, हाँस र परेवा आदिको बली दिएर प्रसादको रुपमा बलीको मासु वितरण गरिएको थियो ।

पूजा समितिका अध्यक्ष सुरेश कुमारका अनुसार पूजामा सहभागीहरूले आफ्नो कुल, परम्परा र पूर्वजप्रति श्रद्धा अर्पण गर्नुका साथै आगामी दिनहरू सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

स्थानीय बासिन्दाका अनुसार पुस्तौँदेखि चल्दै आएको परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसरको रुपमा कुलपूजालाई लिइएको छ । बलीपूजा सम्पन्न भएको भोलिपल्ट आज गाउँकै बरमस्थानमा भेला भएर महावीरलाई लड्डु चढाएपछि कुलपूजाको विधि सम्पन्न भएको कछडिया समूदायका मुख्य पुजारी खेलाउन धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय