निजगढ,   आधारभूत तह कक्षा ५ को निजगढ नगरपालिकास्तरीय अन्तिम परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने निजगढ ९ को जनज्योति आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई वडा कार्यालयले आज सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

वडा अध्यक्ष रामचन्द्र कटुवालसहित वडा समितिका सदस्यहरुले परीक्षामा उर्तिण हुने १३ जना विद्यार्थीलाई पुरस्कार र विदालयका ११ शिक्षक÷कर्मचारीहरुलाई सम्मान गर्नुभएको हो ।

विद्यार्थीहरुलाई १–१ थान क्यालकुलेटर, ज्यामिति बक्स, कापी र कलम वितरण गरिएको वडा सचिव सोम सिंह लामाले जानकारी दिनुभयो । नगरपालिकाले हालै सार्वजनिक गरेको परीक्षाफल अनुसार सो विद्यालयबाट कक्षा ५ को परीक्षामा सहभागी १३ जना मध्ये सतप्रतिशत विद्यार्थीहरुले ग्रेड प्राप्त गर्दै नगरपालिकामा नै पहिलो बनेको थियो ।

यसैबीच विद्यालय व्यवस्थापन समिितका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको छ । पूर्व अध्यक्ष शंकर थोकर सहित व्यवस्थापन समितिका सदस्यहरुको सम्मान सहित बिदाई गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय