निजगढ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा हिजो निजगढमा विशेष सभा आयोजना गरेको छ। सो कार्यक्रम पार्टीका केन्द्रीय सदस्य विनोद भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा पार्टीका पूर्व केन्द्रीय सदस्य सावित्री भारती, शेषा सापकोटा, बासुदेव तिमल्सिना, गौरीशंकर माध्यमिक विद्यालय निजगढ–८ का पूर्व प्रधानाध्यापक रामकुमार शर्मा दहाललगायत वक्ताहरूले आधुनिक नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानबारे मन्तव्य व्यक्त गरेका थिए।

निजगढ–७ स्थित शहीद चोकमा सम्पन्न उक्त कार्यक्रम नगर अध्यक्ष केशव राउतको अध्यक्षतामा भएको थियो। कार्यक्रममा नगर सचिव राजेन्द्र सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने सुजन तिमल्सिनाले सहजीकरण गरेका थिए। कार्यक्रमबारे जानकारी राप्रपा निजगढका पूर्व अध्यक्ष खड्गप्रसाद उप्रेतीले दिनुभयो।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्छ।

यसैबीच, पृथ्वीजयन्तीको अवसरमा जेनजी युवाहरूले हिजो निजगढमा मोटरसाइकल र्‍यालीसमेत निकालेका छन्। युवाहरूले राष्ट्रिय झण्डासहित निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र्‍याली निकाल्दै राष्ट्रिय एकता र देशप्रतिको प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय