निजगढ,
दिवङ्गत पितृको सत्गतिको कामना हिजो निजगढका विभिन्न शिवालयहरुमा सयौं श्रद्धालुहरुले बत्ति बालेर सत्विज छरेका छन ।

निजगढ ९ को वाक्यश्वर महादेव मन्दिर, निजगढ ८ को बकैया धर्मशाला र निजगढ ४ को पर्वतनाथ महादेव मन्दिरमा आफन्तहरुले रातभर जाग्रम बसेर मृतकको चिरशान्तिको लागि बत्ति बालेर धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो जस्ता अन्नको सत्विज छरेका हुन ।

यसक्रममा श्रद्धालुहरुले धुनी बालेर भगवान महादेवको भजनकिर्तन र नाच गानसमेत गरेका थिए । सो अवसरमा निजगढका नगरपालिका वडा नम्बर ९ नदीकट्टास्थित वाक्यश्वर महादेव मन्दिर परिसरमा लागेको बालाचतुर्थी रात्री मेला हिजोबाट सकिएको थियो ।

हरेक वर्ष बालाचतुर्थी पर्वको अवसर पारेर लगाइने मेलामा यो वर्ष चर्चित गायक रचना रिमाल, लोकदोहोरी गायिका प्रमिला मगर, अर्का चर्चित गायक विश्व दोङ्ग, नेपाल आइडलकी टप टेन पिटु गहतराज र बबिना किरातीलगायत राष्ट्रिय र स्थानीय स्तरका कलाकारसंगै एस डान्स ग्रुपले प्रस्तुति दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय