नेकपा एमाले निजगढ नगर कमिटीले विजया दशमीको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नगर कमिटीका अध्यक्ष तिलक घलानको अध्यक्षतामा शनीवार बसेको बैठकले यही २०८२ साल असोज ९ गते विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा बृहत् उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकपछि अध्यक्ष घलानले हालैको जेनजी आन्दोलनका कारण कुनै पनि कार्यकर्ता विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गाउँ–टोलमा पुगेर सर्वसाधारण मतदाताहरुलाई विचलित नहँुन र घटनाको वास्तविकता बारे जानकारी गराउन जोड दिनुभयो ।

मधेस प्रदेश सभा सदस्य एंव प्रदेश कमिटीका नेता त्रिलोकी चौधरीले यस्ता घटना विगतमा पनि भएका कारण आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयो । त्यस्तै, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले नेकपा एमाले नेपाली जनताबीच लोकप्रिय पार्टी भएकाले सामाजिक सञ्जालमा भइरहेका आक्रमणको सामना गरेर अघि बढ्नुपर्ने सुझाव दिउनुभयो । “हिजो पार्टीलाई माया गर्नेहरुले भोलि पनि गर्छन, उहाँले भन्नुभयो, पार्टी र देशप्रति माया नहुनेहरुले एकालेलाई कहिल्यै पनि माया गरेका छैनन ।” उहाँले भन्नुभयो ।

यस्तै, मधेस प्रदेश कमिटी सदस्य अम्बिका चौलागाईंले पार्टी गम्भीर अवस्थामा रहेको भन्दै नेता तथा कार्यकर्ताहरुले सुझबुझ पूर्ण तरिकाले अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
बैठकमा बोल्दै एकबहादुर श्रेष्ठले नयाँ परिस्थितिमा पार्टीले सोही अनुसार संचालन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय