निजगढ,
निजगढ नगरपालिका नगर खेलकुद समितिको आयोजनामा र निजगढ क्रिकेट क्लबको व्यवस्थापनमा शनीवारबाट प्रथम नगरस्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता २०८२ हुने भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको व्यवस्थापक क्लब निजगढ क्रिकेट क्लबले जानकारी गराएको छ ।
निजगढमा पहिलो पटक हुन लागेको सो प्रतियोगितामा निजगढका सामुदायिक र संस्थागत गरी ९ वटा माध्यमिक तहका विद्यालयको टोलीको सहभागिता रहने व्यवस्थापक निजगढ क्रिकेट क्लबका अध्यक्ष निर्मल सापकोटाले जानकारी दिनुभयो ।
निजगढ ६ स्थित जनसृजनशील सामुदायिक वन उपभोक्ता समूहको खेल मैदानमा हुने सो प्रतियोगिताको उद्धाटन निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले दिउसो ३ बजे गर्ने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । उद्धाटन खेलमा नेत्रोदय मावि निजगढ ७ र नेरामावि निजगढ ११ ले प्रतिस्पर्धा गर्दैछन ।
प्रतियोगितामा प्रथम हुने टोलीले ३० हजार नगद पुरस्कार र ट्रफी जित्ने छ भने व्दितीय हुने टोली २० हजार र ट्रफी प्राप्त गर्नेछ । साथै प्रतियोगितामा म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर र प्रतेक खेलमा एक÷एक जनालाई म्यान अफ द म्याच पुरस्कारको पनि व्यवस्था गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।



