स्थापनाको ४३ औं बार्षिकोत्सवको अवसरमा नेपाल मगर संघ निजगढले आज निजगढमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाल मगर संघ निजगढ समितिका अध्यक्ष बाबुराम थापामगरले स्थापना दिवसको अवसरमा निजगढमा साँझी सहित सद्भाव र्याली र शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले निजगढ ७ स्थित लखन टोलबाट आज बिहान परम्परागत भेषभुषा र झाँकीसहितको र्याली निकालेर पूर्वपश्चिम लोकमार्गको बुद्ध चोक परिक्रममा पछि फेरि लखनटोलमा फर्किएर शुभकामना आदानप्रदान र चियापन कार्यक्रम गरिने बताए ।

मगर संघले हरेक वर्ष फागुन १५ गतेलाई स्थापना दिवसको रुपमा मनाउदैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय