नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता बनेको जनकपुर बोल्ट्सको विजयलाई मनाउन मधेशका बिभिन्न ठाँउमा विजयी उत्सव गरिने भएको छ ।
जनकपुर बोल्ट्सको विजयी उत्सव मनाउन आईतबार निजगढ नगरपालिकामा समेत विजय र्याली गरिने भएको हो ।
निजगढ क्रिकेट क्लबको आयोजनामा आईतबार बिहान ८ बजे निजगढमा विजय र्याली गरिने क्लबका सचिब बालकृष्ण हुमागाईले जानकारी दिए ।
निजगढ क्रिकेट क्लबका अध्यक्ष निर्मल सापकोटाले मधेस प्रदेशको प्रतिनिधित्व गर्ने टिम जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा विजयी भएकोले निजगढ नगरका सम्पुर्ण जनप्रतिनिधि, खेलाडि, खेलप्रेमी, समाजसेवी, राजनिति कर्मी, एवम् सम्पूर्ण नगरवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुलाइ उपस्थित भइ जनकपुर बोल्ट्सको बिजयीको सुखद उपलक्ष्यमा निजगढको पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बकैया पुल देखि भमरा पुल सम्म बिजयी र्यालीमा उपस्थित हुन सबै नगरबासीलाई अनुरोध गरेका छन ।



