बाराको निजगढ नगरपालिका ९ स्थित बजाजको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ।

शुक्रबार राति साँढे ६ बजेर ३० मिनेटमा भएको आगलागी प्रहरी लगायतले रातको करिब ८ बजे नियन्त्रणमा लिएका थिए।

ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुसहवाले बजाजको मोटरसाइकल सर्भिसिङ सेन्टरमा रहेका सबै बस्तु आगलागीबाट क्षति पुगेको बताए।

बिजुली सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।

‘सर्बिस सेन्टरमा रहेका सम्पूर्ण सामाग्री जलेको पाइएको छ,’ उनले भने, ‘निजगढ नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको छ । कोल्हवी नगरपालिका तथा कलैया उपमहानगरपालिकाको वारुणयन्त्रसमेतले थप मद्दत गरेको तथा क्षतिको बिस्तृत विवरण संकलन प्रहरीले गरिरको छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय