नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ निजगढ नगर समितिले आयोजना गरिएको रक्तदानमा ८० जनाले रक्तदान गरेका छन ।

निजगढ नगरपालिकाको शहिद चोकमा शनिबार बिहान भएको रक्तदानमा १० जना महिला सहित ८० जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा शर्मिला बिक, सन्ध्या रिजाल, संगीता रिमल, संगीता गुरुङ, सुमित्रा खड्का, मनिषा अधिकारी, बिमला खनाल लगायत रहेका छन् ।

नेविसंघ निजगढ नगर सभापति ईश्वर सापकोटाको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदानमा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक टोलीले प्राविधिक सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय