निजगढ नगरपालिकाबाट मोटरसाइकल चोरी गरेको आरोपमा निजगढ प्रहरीले बाराको कोल्हबी र रौतहटको गुजरा नगरपालिकाका २ जना युवकलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढको टोलीले कोल्हबी नगरपालिका वडा नम्बर ११ बस्ने प्रलाद चौधरीको छोरा वर्ष २८ को राकेशकुमार चौधरी र रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ८ मनहर्वा बस्ने कृष्ण चौधरीको छोरा बर्ष २४ को मिथुन चौधरीलाई चोरीको मोटरसाइकलसहित मंगलवार पक्राउ गरेको हो ।

निजगढ नगरपालिका वडा नम्बर ८ वडा कार्यालय नजिक पार्किङ्ग गरेको स्थानबाट प्र.२–०३–०१९ प ८०५८ नम्बरको निलो रङको १५० सिसिको आपाचे मोटरसाइकल सोमवार दिउसो चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक सुमित कुशवाहाको नेतृत्वमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित उनीहरुलाई निजगढ ८ स्थित तामागढी गेट नजिकबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुबैजनामाथि आवश्यक कारबाहीको लागि जिल्ला अदालत बाराबाट बुधवार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय