निजगढ , बाराको निजगढ नगरपालिका वडा नम्बर ५ स्थित श्री जनजागृती आधारभूत विद्यालयलाई साथी नेपालकी अध्यक्ष सरिता सापकोटाकाले पङ्खा सहयोग गर्नुभएको छ ।
सापकोटाले विद्यालयलाई ८ थान सिलिङ र २ थान वाल पङ्खा गरि १० थान पङ्खा सहयोग गर्नुभएको हो ।
निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवम न्यु जनजागृति युवा क्लबका अध्यक्ष विजय तिमल्सिनाको समेत उपस्थिति रहेको थियो ।
मधेसमा बढ्दो गर्मीलाई मध्यनजर गरेर विद्यालयको पठनपाठन सुचारु गर्न पंखा सहयोग गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
पंखा सहयोग गरेकोमा विद्यालयका सहायक प्रधानाध्यापक सन्जय तिमल्सिनाले खुसी व्यक्त गर्दै अध्यक्ष सापकोटालाई धन्यवाद दिनुभएको छ ।



