लायन्स क्लब अफ निजगढले नयाँ कार्यसमिति गठन गरेको छ । शनिवार बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो ।

बैठकबाट प्रेसिडेन्टमा पुनः अरुणकुमार साह सर्बसहमत भएका छन । यो साहको लगातार तेस्रो कार्याकाल हो ।

यस्तै पहिलो भिपीमा लोक प्रसाद न्यौपाने चयन भएका छन भने दोस्रो भिपीमा तेज बहादुर चौलागाई, सेक्रेटरीमा विनोद खरेल, र ट्रेर्यजरमा कैलाश बहादुर तिमल्सिना रहेका छन भने बाकी अन्य पहिलाकै समितिलाई निरन्तरता दिएको साहले निजगढ न्युजलाई जानकारी दिए ।

बैठकमा लायन्सका पुर्व ड्रीस्टिक एडिसन्ल क्याबिनेट ट्रेर्यजर दिपेन्द्र श्रेष्ड, पुर्ब प्रेसिडेन्ट तथा सदस्यको उपस्थिति रहेको थियो । शनिबार चयन भएको नयाँ कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरुहुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय