लायन्स क्लब अफ निजगढ युथले नयाँ कार्यसमिति गठन गरेको छ । सोमबार बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो ।
बैठकबाट प्रेसिडेन्टमा ग्लोबल आईएमई बैंक निजगढ शाखाका प्रबन्धक समेत रहेको अविनाश सापकोटा सर्बसहमतबाट चयन भएका हुन।
यस्तै पहिलो भिपीमा राजाकुमार श्रेष्ठ चयन भएका छन भने दोस्रो भिपीमा भाईकजी श्रेष्ठ र तेश्रो भिपीमा जगत बहादुर न्यौपाने सर्बसहमत भएका हुन ।
यस्तै क्लबको सेक्रेटरीमा प्रमोद न्यौपाने र ट्रेर्यजरमा अजित कोइराला (इराज) कोइराला सर्बसहमतबाट चयन भएका छन ।
बैठकमा लायन्स क्लब अफ निजगढ युथका पुर्ब प्रेसिडेन्ट तथा सदस्यको उपस्थिति रहेको थियो । हिजो चयन भएको नयाँ कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरुहुने लायन्स क्लब अफ निजगढ युथको प्रेसिडेन्ट सुदर्शन दंगालले जानकारी दिए ।



